लुम्बिनी दर्पण अनलाईन
बाणगंगा नगरपालिकाबाट प्रदान गर्ने सेवाहरु वडा केन्दित नहुदा सेवा प्रवाह मितव्यी नभएको भन्दै आज भलवार्डमा कृयाशिल ६ राजनैतिक दलले ज्ञापनपत्र बुझाएका छन् ।
नगरकै सवैभन्दा टाठा रहेको वडाहरुमा नगरले कोरोना खोप र अन्य सेवा प्रवाहमा नगर नजिकका केन्द्रहरुबाट मात्र नगरभरिका सेवाग्राहीलाई समेटन खोज्दा ग्रामिण भेगमा सेवा प्रभावकारी नभएको भन्दै नगरप्रमुख मंगलप्रसाद थारुलाई ज्ञापनपत्र बुझाएको नेपाली कांग्रेस वडा नं ९ का सभापती दिपक थापाले बताए ।
सरकारले विगतमा उमेर समुह लक्षित गरि प्रदान गरेको कोरोना खोपमा ग्रामिण भेगका सवै लक्षित समुह पिपरा र मोतिपुर आउन नसकेका कारण खोपबाट बन्चित हुनुपरेको र कतिपय सेवाग्राहीले महङ्गो भाडा तिरेर , कष्टपुर्ण तरिकाले लिनपरेको नेकपा एमालेका प्रतिनिधि कमल बेल्वासेले बताए ।
उनले लक्षित समुहको खोप अन्य उमेर समुहका व्यक्तिले नाताबादका आधारमा लगाएर दुरुपयोग भएको भन्दै वडामै सुविधा संम्पन्न स्वास्थय संस्था हुदाहुदै सेवा प्रदान गर्न नसक्ने हो भने भवन के का लागि उनले प्रश्न गरे यता ज्ञापन पत्र बुझदै नगरप्रमुख थारुले यो समस्या गुनासो समाधानका लागि आफूहरु लागिपर्ने बताए । सोहि क्रममा राजनैतिक दलहरुले भर्खरै संम्पन्न बनगाई भर्लावास सड्क खण्ड मापदण्ड अनुसार नबनाएको गुणस्तरहिन भएकोले कतै भत्कदै कतै पानी जम्ने र विभिन्न त्रृटि भएको भन्दै ध्यानार्कषण समेत गराएका थिए ।




















