बुटवल असार ३०
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा २२४ जनाको कोरोना परीक्षण गरिएकोमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा २४ जना, तिलोत्तामा नगरपालिकमा ८ जना, सैनामैना नगरपालिकामा ४ जना र देवदह नगरपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमित ३२१ जना रहेका छन्।




















