लुदअ ,काठमाडौँ, असार ३१
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७६७ जनामा कोरोना भाइरसका बिरामी थपिदा १ हजार ७५७ जना निको भएका छन् ।१२ हजार ७६८ जनाको परीक्षण गर्दा २ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।आज देशभर ३३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो सहित नेपालमा ९ हजार ४६३ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ।




















