ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको राष्ट्रपतिद्वारा बिदाइ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ,काठमाडौँ असार ३१,

टोकियो ओलम्पिक २०२० मा भाग लिन जाने नेपाली टोेलीलाई राष्ट्रिपति विद्यादेवी भण्डारीले आज बिदाइ गरेकी छिन् । टोकियो प्रस्थान गर्नुअघि शितल निवास पुगेको नेपाली टोलीलाई राष्ट्रपति भण्डारीले राष्ट्रि झण्डा प्रदान गरिन् । जुलाई २३ बाट सुरु हुने ओलम्पिकमा पाँच नेपाली खेलाडीको सहभागिता रहनेछ । पौडीका इभेन्टमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने सुटिङ, जुडो र एथ्लेटिक्समा एक–एक खेलाडीले भाग लिनेछन् ।


प्रकाशित : २०७८ असार ३१, बिहीबार १२:४६