वैदेशिक रोजगारमा जाने नेपालीका लागि खोपको व्यवस्था मिलाउन आयोगको अनुरोध

[sharethis-inline-buttons]

लुदअ काठमाडौँ ,साउन १

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुका लागि कोरोना खोपको व्यवस्था गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई अनुरोध गरेको छ।
मुख्य श्रम गन्तव्य मुलुकहरुमा प्रवेशका लागि खोप लगाएको हुनुपर्ने तथा खोप नलागएकाले चर्को शुल्क तिर्नुपर्ने हुँदा आवश्यक खोपको सुनिश्चितता गर्न आग्रह गरेको हो। तत्काल नै खोपको व्यवस्था गर्न आयोगले कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्र पठाइसकेको जनाएको छ।


प्रकाशित : २०७८ श्रावण १, शुक्रबार ०८:३८