श्रीमतीले गरिन श्रीमानको हत्या

ByLumbini Darpan Online

१ श्रावण २०७८, शुक्रबार ०९:५० १ श्रावण २०७८, शुक्रबार ०९:५० १ श्रावण २०७८, शुक्रबार ०९:५०

लुदअ,दैलेख १ साउन

दैलेखमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।जिल्लाका नारायण नगरपालिका(११ टाटामकु डाँडा टोल निवासी ३२ वर्षीया सुशीला मल्लले आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेकी हुन् ।

सुशीलाले बिहीबार राति किला ठोक्ने मुडोले श्रीमानको टाउकोमा प्रहार गरेकी थिइन् । मुडो प्रहारपछि गम्भीर घाइते भएका खगेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै न्यान गएको थियो । प्रहरीले सुशीलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *