ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नवलपरासीबाट ३०० बढी मानिस हराए, वेपत्ता हुनेमा महिला तथा बालबालिका धेरै

लुम्बिनी दर्पण २०७८ श्रावण २, शनिबार ०८:०८
[sharethis-inline-buttons]

नवलपरासी साउन २

नवलपरासी ९बर्दघाट(सुस्तापूर्व०मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा भन्दा गत आव २०७७र७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा २२९ थियो ।

जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अघिल्लो आवमा भन्दा गत आवमा ७५ जना बढी मानिस हराएका छन् । मानिस हराएको भनेर प्रहरीमा निवेदन दर्ता हुने गरेको भए पनि हराएका सबै मानिस भेट्टाउन नसकिएको गिरीले बताए । आव २०७७र७८ मा हराएकामध्ये २२१ जना सम्पर्कमा आएका भए पनि ८३ मानिस अझै पनि सम्पर्कविहीन रहेका गिरीले जानकारी दिए । “प्रहरीमा मानिस हराएको भनेर निवेदन दर्ता हुने गरेको छ”, गिरीले भने, “तर, केही घटनामा हराएका मानिसलाई उनीहरुकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको सङ्ख्या बढेको जस्तो देखिएको हो ।”

जिल्लामा हराएका निवेदन परेकामध्ये सबैभन्दा धेरै महिला र बालबालिका छन् । “बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारी लगायतका विभिन्न कारणले मान्छे घर छाडेर हिँड्ने र सम्पर्कविहीन हुने गरेका छन्”, प्रहरी प्रवक्ता गिरीले भने, “यस वर्षमात्रै १८१ महिला, ४५ बालिका, १० बालक तथा ३० ज्येष्ठ नागरिक बेपत्ता भएका छन् ।” सामाजिक सञ्जाल प्रयोगका कारण परिवारका सदस्यबीच संवादहीनता बढ्दै जानु र एकअर्काको मनोभावना नबुझ्ने प्रवृत्तिका कारण बेपत्ताका घटना बढ्ने गरेको गिरीले बताए ।

परिवारका सदस्यको मनोभावना बुझ्ने, सदस्यबीच संवाद बढाउने, पारिवारिक मनमुटाव समयमा नै हल गर्ने, परिवारका सदस्यका बारेमा जानकारी राख्ने हो भने पनि धेरै समस्या हल हुने उनले बताउँछन् । आव २०७६र७७ मा जिल्लामा २२९ व्यक्ति हराएका थिए । अघिल्लो आवमा हराएकामध्ये ९० जना अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको तथ्याङ्कअनुसार जिल्लामा अघिल्लो वर्षभन्दा गत वर्ष मानिस बेपत्ता हुने तथ्याङ्क बढ्नाका साथै बेपत्ता हुनेको सूचीमा महिला तथा बालिका धेरै छन् ।

“मानिस हराएका भन्दा भेटिनेको सङ्ख्या न्यून हुँदा प्रहरीले खोजीमा चासो नदेखाएको भन्ने गुनासोसमेत आउने गरेको छ”, गिरीले भने, “प्रहरीले सक्दो खोजी गरिरहेको छ, अपराध अनुसन्धानका सबै पद्धति अपनाएर हराएकाको खोजी जारी भए पनि हराउने सबै मानिस भेट्न सकिएको छैन ।” सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग बढ्दासमेत मानिस हराउने गरेका उनको भनाइ छ । जिल्लाबाट हराएका व्यक्तिको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० तथा जिल्लामा सादा पोशाकका प्रहरीसमेत परिचालन भइरहेका जनाउँदै गिरीले जिल्लाबाट हराएका मानिस अन्य जिल्लाबाट समेत भेटाएर उद्धार गरिएको बताए । स्रोत रासस


प्रकाशित : २०७८ श्रावण २, शनिबार ०८:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech