बुटवल पुर्याउने भन्दै बाटोमा ४ दिनसम्म बलात्कार

ByLumbini Darpan Online

२ श्रावण २०७८, शनिबार ०८:१६ २ श्रावण २०७८, शनिबार ०८:१६ २ श्रावण २०७८, शनिबार ०८:१६

 

बुटवल ,साउन २

रुकुम घर भएकी १९ वर्षीया महिलालाई बुटवल पुर्याइदिने भन्दै ट्रक चालक र सहचालकहरूले पटक पटक जबरजस्ती करणी गरेका छन् ।असार २७ गते बुटवल जान हिँडेकी महिलालाई कलंकीमा बिहान ना५ख २८७० नम्बरको ट्रकका चालक वीरगञ्ज महानगरपालिका–२१, बस्ने ३० वर्षीय सुनिल महतोले नारायणगढ नपुग्दै रामनगरमा गाडीभित्रै बलात्कार गरेका थिए । त्यहाँ उनले दुई दिनसम्म पटक पटक महिलामाथि बलात्कार गरे ।

त्यसपछि रामनगरमा उनले असार २९ गते दिउँसो बुटवल जाने ट्रक भन्दै ना ६ ख ३३६९ नम्बरको ट्रकमा चढाइदिए । उक्त ट्रकका चालक शिवबालक महतोले पनि महिलालाई बुटवल नलगी वीरगञ्जतर्फ लगेका थिए । त्यसबीच महतो,उनका सहचालक र अर्का एक जनाले महिलालाई पालैपालो र पटक पटक बलात्कार गरेका थिए ।

भोलिपल्ट उनीहरूले वीरगञ्जको सुख्खा बन्दरगाह क्षेत्रमा पुर्याएर महिलालाई अलपत्र छाडिदिए । पीडित महिलालाई प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा सोधपुछ गर्ने क्रममा उक्त कर्तुत खुलेको हो । सोही आधारमा चालकद्वय सुनिल र शिवबालकलाई गाडीसहित पक्राउ गरिएको छ भने बाँकी दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विरूद्ध जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ । महिलाको साथमा २ वर्षको काखे बालकसमेत रहेको बताइन्छ । स्रोत जन आस्था

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *