लुुदअ काठमाडौँ, साउन ३
पछिल्लो २४ घण्टामा देशभर १८ सय ७५ जनामा कोरोनासंक्रमण देखिदा २१ सय ६४ जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै कोरोना संक्रमणबाट आज थप २१ जनालको ज्यान गएको छ ।




















