देउवा पहिले श्री ५ बाट, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त : प्रदीप ज्ञवाली

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन ३, काठमाण्डौ
नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि छलफलमा भाग लिँदै उहाँले यसअघि श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभएको हो । उहाँले ३२ वर्ष अघि अन्त्य भएको निर्दलीयतालाई जस्केलाबाट छिराइएको पनि बताउनुभयो ।

एमाले विधिको शासनमा विश्वास गर्ने भन्दै ज्ञवालीले सर्वोच्चले प्रधानमन्त्री तोक्ने कुराको आफ्नो पार्टीले कल्पनासमेत गर्न नसक्ने बताउनुभयो । ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकको भावनाअनुसार काम गरेको र भविष्यमा नागरिकले फेरि एमालेलाई चुनावमा जिताएर सरकारमा पठाउने दाबी पनि गर्नुभयो । ज्ञवालीले आफूहरुले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सरकारका हरेक कुराको विरोध नगर्ने पनि बताउनुभयो ।

 


प्रकाशित : २०७८ श्रावण ३, आईतवार १३:५२