देउवाले पाए विश्वासको मत, पक्षमा १ सय ६५

ByLumbini Darpan Online

३ श्रावण २०७८, आईतवार १७:०७ ३ श्रावण २०७८, आईतवार १७:०७ ३ श्रावण २०७८, आईतवार १७:०७

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आइतबार भएको मतदानमा देउवाले १६५ मत प्राप्त गर्नुभएको हो ।

देउवालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (उपेन्द्र र महन्थ दुवै पक्ष) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको हो । मतदानमा एमाले केपी ओली समूहमा विपक्षमा उभिएको थियो । भने ओली पक्षकै कतिपय सांसदले पक्षमा मत दिएका थिए ।

राप्रपाका राजेन्द्र लिङदेनले ‘मत दिन्नँ’ भन्नेमा उभिनुभएको थियो । देउवाको विपक्षमा भने ८३ मत परेको छ । पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गर्नुभएको थियो ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि प्रधानमन्त्री देउवाले सजिलै विश्वासको मत प्राप्त गर्नुभयो ।

विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउनुहने छ । अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ । देउवाले आफ्नै नेतृत्वमा आगामी प्रतिनिधिसभाको निर्वाचन गराउनुहुने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *