ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रोटरीमा भाटको नेतृत्व

लुम्बिनी दर्पण २०७८ श्रावण ५, मंगलवार ८:१९

 

कपिलवस्तु, ४ साउन 

रोटरी क्लब अफ कपिलस्तु मिड टाउन वर्ष २०२१/२२ को अध्यक्षमा युवा समाजसेवी एवम् व्यवसायी माधव भाटले शपथ लिनु भएको छ ।

कपिलस्तु जिल्लामा सशक्त सामाजिक संस्थाको रुपमा आफ्नो परिचय बनाउन सफल रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनलाई आगामी दिनमा अझ सशक्त तरिकाले अगाडि बढाउने प्रतिबद्धता साथ अध्यक्ष भाटले रोटरी वर्ष २०२१/२२ मा शिक्षा , स्वास्थ र इन्भारमेन्ट्का कार्यक्रममा बढी प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

भाटले कपिलस्तु जिल्लाको सेवामा केही इट्टा थप्न सकिन्छ कि भनेर स्वार्थभन्दा माथि उठेर नै यस क्लबमा आफू जोडिएको बताउनुभयो ।

भाटको नेतृत्वमा वर्ष २०२१/२२ का लागि क्लबको आइ.पि.पि.मा नरेश पौडेल, इलेक्ट प्रिजडेन्टमा मोहन बेल्बासे, प्रिजडेन्ट नोमिनी गिरिजार पौडेल, भ्वाइस प्रिजडेन्ट फस्ट गरिराज कँडेल, भ्वाइस प्रिजडेन्ट सेकेन्ड विष्णुमाया श्रेष्ठ, भ्वाइस प्रिजडेन्ट तर्थ बद्री काफ्ले, भ्वाइस प्रिजडेन्ट फार्थ लेखा शर्मा घिमिरे, सचिव श्याम कुमार गुप्ता, कोषाध्यक्ष सुष्मा खाँण, क्लब एडमिनिष्टर चेयर नारायण पाण्डे, सर्विस प्रोजक्ट नारायण पाण्डे, पब्लिक रिलेजन अन्जु अधिकारी, मेम्बरसिप डाइरेक्टर इन्दिरा तिमिल्सिना, युथ सर्विस बाबुराम अर्याल, टि.आर.एफ. चयेयर बिरेन्द्र श्रेष्ठ, लिटरेची टिच कमिटी विष्णु प्रसाद अर्याल, सर्जेन्ट एट आर्मस फस्ट टि.वि. श्रेष्ठ, सम्पादक रामजी सेन, सह कोषाध्यक्ष अनुदेवी पौडेल, सह सम्पादक कृष्ण प्रसाद घिमिरे, सह-सचिव दिल बहादुर सुनार, सर्जेन्ट एट आर्मस सेकेन्ड राजन कालीराज, क्लब मेन्टर दिपेन्द्र चन्द, वेव मास्टर सोनिस्ता लामा चन्द, सल्लाहकार नन्द किशोर शुक्ल र प्रेस सल्लाहकार कृष्ण प्रसाद पौडेल रहनु भएको छ ।

पाँचौ पद हस्तान्तरण तथा सफथ कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद एवम् क्लबका मानार्थ सदस्य विष्णु पन्थीले रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको गरिमामलाई अझै माथि लैजान कार्य गर्न भाटको नेतृत्वलाई शुभकामना दिनुभयो ।

सांसद पन्थीले रोटरीले समाजमा पुर्‍याएको योगदान सराहनीय रहेको बताउँदै समाज परिवर्तनमा सामाजिक संघसंस्थाहरुको उल्लेख्य भूमिका हुने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् रोटरी डिस्ट्रिक ३२९२ का नोमिनी प्रिजडेन्ट राजेन्द्र ध्वजूले कपिलवस्तुमा सामाजिक सेवाभावले रोटरी जन्मिएको र समाज परिवर्तनमा रोटरीको भूमिका विशिष्ट खालको हुनु पर्ने बताउँदै आफूले जन्माएको क्लब भएकाले पनि मिडटाउनलाई जस्तोसुकै सहयोग र सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो ।
गौतम बुद्ध मुटु अस्पतालका अध्यक्ष एवम् न्यु क्लब डेभलपमेन्ट चियर एजाज आलमले रोटरीले स्वास्थ्य क्षेत्रमा पनि महत्वपूणर् काम गरेको बताउँदै रोटरीकै नेतृत्वमा ३ महिनाभित्र बाणगंगामा डाइलोसिस सेन्टर संचालनमा आउने र रुपन्देहीको पश्चिम क्षेत्र, कपिलवस्तु र अर्घाखाँचीका मृगौला पीडित बिरामीहरुलाई उपचारमा राहत हुने बताउनुभयो । रोटरी क्लब अफ कपिलवस्तुका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले समाजमा केही गरौं भन्ने चाहना भएको र रोटरी क्लबको आदर्श मूल्य र मान्यता हेर्दा यसबाट केही गर्न सकिन्छ जस्तो लागेर यस क्लबको स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष नरेश पौडेल, बाबुराम पोख्रेल, राजकुमार क्षेत्री, नारायण पन्थ लगायतले रोटरी वर्ष २०२१/२२ नमूना एवम् सिर्जनशील कार्यकालको शुभकामना दिनु भएको थियो । रोटरी वर्ष २०२१/२२ का अध्यक्ष माधवभाट क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेखा शर्मा घिमिरेको रहेको थियो भने कार्यक्रमको संचालन सयपत्री क्याम्पसका क्याम्पस प्रमुख बासुदेव घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा वर्ष २०२०/२१ का अध्यक्ष नरेश पौडेलले आफ्नो कार्यकालमा विशिष्ट सहयोग गर्ने व्यक्तित्वहरुलाई मायाको चिनोका साथै सम्मान गर्नुभएको थियो । बाणगंगाको मायादेवी रिसोर्टमा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरु लगायत बाणगंगा क्षेत्रका १०० बढी प्रबुद्ध व्यक्तिहहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


प्रकाशित : २०७८ श्रावण ५, मंगलवार ८:१९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech