भिसाका कारण सन्दीपले दी हन्ड्रेड क्रिकेट गुमाउने सम्भावना

[sharethis-inline-buttons]

 

लुदस, काठमाडौं , साउन ५

नेपाली क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछानेले यही जुलाई २१ देखि इंग्ल्याण्डमा हुने दी हन्ड्रेड क्रिकेट प्रतियोगिताको शुरुवाती खेल गुमाउने भएका छन् ।भिसा समस्याका कारण उनले पूरै प्रतियोगिता समेत गुमाउन सक्ने सम्भावना बढेको जनाइएको छ । टाइर(५ भिसामा बेलायत गएका सन्दीपले यस भिसामार्फत खेल्न नपाउने ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

सन्दीप सम्मिलित टिमले यही जुलाई २२ मा पहिलो खेल खेल्दैछ । तर भिसा समस्याका कारण सन्दीपले शुरुवाती खेल गुमाउने भएका छन् भने भिसा प्राप्त नभए पूरै प्रतियोगिता समेत गुमाउन सक्ने सम्भावना बढेको हो ।

असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरे पनि फेरि एक पटक भिसा समस्या बनेको छ । यसअघि पनि भिसा र पासपोर्टको ढिलाइका कारण सन्दीपले इंग्ल्याण्डमै भइरहेको दी भाइटालिटी ब्लास्ट गुमाइसकेका छन् ।


प्रकाशित : २०७८ श्रावण ५, मंगलवार ०९:१८