अविवाहितले सन्तान जन्माएपछि खुल्यो बलत्कारको रहस्य

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

साउन ५

पाल्पा(पाल्पाको तानसेन नगरपालिकाकी एकजना अविवाहित महिलाले सन्तान जन्माएपछि १० महिनाअघि उनी बलात्कृत भएको सार्वजनिक भएको छ।
ती महिलालाई तानसेन नगरपालिकाकै ४४ वर्षीय अजुर्न बिकले बलात्कार गरेको पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीका ले जानमारी दिएका छन ।

बलात्कृत महिलाले सोमबार जाहेरी दिएपछि बिकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता त्वातीले जानकारी दिए । सोधखोजपछि उनले १० महिनाअघि आफू बलात्कृत भएको खुलासा गरेपछि प्रहरीले बलात्कार आरोपितलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको प्रहरीको भनाइ छ ।
अविवाहित रहेकै अवस्थामा उनले असार ३० गते छोरीलाई जन्म दिएकी थिइन् । तर नवजात शिशु बिरामी भइ उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको निधन भएपछि घटना बाहिरिएको हो । उनले गर्भधारण गरेपनि लामो समयसम्म उनले घटना लुकाएर राखेकी थिइन्।


प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १२:२७