कुनै मार्केटिङ अभियान चलाएका छैनौँ होण्डा कम्पनी

ByLumbini Darpan Online

७ श्रावण २०७८, बिहीबार १०:४८ ७ श्रावण २०७८, बिहीबार १०:४८ ७ श्रावण २०७८, बिहीबार १०:४८

लुदस ,काठमाडौं ,साउन ५

होन्डा नेपालले मार्केटिङका लागि अहिले कुनै अभियान नचलाएको स्पष्ट पारेको छ। हालै सामाजिक सञ्जालमा ‘होन्डा ७० औँ वार्षिक उत्सव’ लेखिएको स्क्याम फैलिएपछि होन्डाले बिहीबार एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो।अहिले सामाजिक सञ्जालभरि फैलिएको उक्त स्क्याम फेसबुकलाई रिपोर्ट गराएको होन्डाले जनाएको छ।

‘स्क्यामले सामाजिक मिडिया प्रयोगकर्ताहरूलाई होन्डा स्कुटर जित्ने मौका भनी लोभ्याएर प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी लिएको जानकारी गराउँदछौँ,’सूचनामा लेखिएको छ,‘सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई स्क्याममा संलग्न नहुन र कुनै पनि व्यक्तिगत जानकारी नदिन अनुरोध गर्दछौँ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *