भोलिदेखि लामो र मध्यम दूरीका यातायात संचालनमा आउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस ,काठमाडौँ,साउन ८

भोलिदेखि लामो र मध्यमदूरीका सार्वजनिक यातायात संचालनमा आउने भएका छन् ।काठमाडौं जिल्ला प्रशासन कार्यालयले हाल जारी निषेधज्ञालाई अझ खुकुलो बनाउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको हो । सूचनामा उपत्यकाका सबै यातायात व्यवसायीलाई जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको छ । यस्तै लामो दूरीमा यात्रा गर्ने हरेक यात्रुलाई टिकट काउन्टरबाट टिकर खरिद गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय र लोक सेवा आयोगका परीक्षाका कार्यक्रम सार्वजनिक भएका कारण परीक्षार्थीको आवागमनलाई सहज बनाउन यस्तो निर्णय लिइएको जनाएको छ ।


प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १०:२९