
लुदस,काठमाडौँ, साउन ९
लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २४ जना नेपाली कामदारको शव र तीन जनाको अस्तु आज बिहान त्रिभुवन विमानस्थलमा ल्याइएको छ । आज क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो। यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।
मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले बताए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आज नैआफन्तको जिम्मा लगाइएको छ ।

