
बुटवल , साउन ९
आज गुरु पुर्णिमा सबैले आफुलाई सही मार्ग दर्शन देखाउने गुरुलाई विविन्न माध्यममार्फत सम्झीएर मनाउदै छन । अषाढको पुर्णिमालाई गुरु पुर्णिमा भनिन्छ । यो वर्ष सबैले आज गुरु पुर्णिमाको दिनमा सामाजिक सञ्जालमा आफना गुरुहरुको फोटो राखेर,भिडियो कल, फोन अडियो कल गरेर सम्झीएर मनाएको छ ।हाम्रो जीवनमा स्कुलमा औपचाारक शिक्षा दिने मात्र गुरु मात्र गुरु हुुदैनन हाम्रो जीवनमा हरेक पल ,क्षण सही मार्ग देखाउने सबैलाई गुरु हुुन । गुरु हाम्रो लागि सधै आदरणीय हुन्छन ।हाम्रो समाजमा गुुरु पुर्णिमाको महत्व यस्तो रहेको छ ।
आज साउन ९ गते गुरु पुर्णिमा हो । पुर्णिमाको दिन महाभारतका लेखक बेद ब्यासको पुजा हुन्छ । यसै दिनलाई अषाढको समाप्त भएको मानिन्छ । अषाढको पुर्णिमालाई अषाढी पुर्णिमा र गुरु पुर्णिमा भनिन्छ । यस दिनमा पवित्र नदीमा स्नान गरेर गरीबलाई दान दिनु राम्रो हुन्छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश ज्ञान हो । अज्ञानको नष्ट गर्ने ब्रह्म रुप प्रकाश नै गुरु हुन् । यस दिन गुरु पुजाको महत्व हुन्छ । गुरुको कृपाबाट नै विद्यार्थीलाई विद्या प्राप्त हुन्छ । विद्याले नै अज्ञान र अन्धकार हटाउछ । यस दिनमा केवल गुरुलाई मात्र नभएर आफु भन्दा ठुला परिवारका सदस्यलाई पनि गुरु बराबर सम्झनुपर्छ ।
महाभारत कालमा महान ऋषि ब्रह्मासुत्र, महाभारत, श्रीमद्धागवत र अट्टारह पुराणका रचनाकार तथा वेद महर्षि वेदव्यासको जन्म आषाढ पुर्णिमाको दिन भएको थियो । यसकारण उनलाई पनि पुजा गर्नु महत्वपुर्ण मानिन्छ । वेद व्यासको मुल नाम श्रीकृष्ण द्धैपयान थियो । श्रीकृष्ण द्धापयन २८ औं वेद व्यास थिए । वेद व्यास चिरंजीबी हुन् ।गुरुबाट मन्त्र प्राप्त गर्न यस दिन श्रेष्ठ दिन हो ।आषाढ पुर्णिमा पछिका अरु चार महिना अध्ययनको लागि उत्तम मानिनन्छन् ।साधु–सन्तको समयमा एकान्तमा राखेर ध्यान र स्वाध्याय सहित अध्ययन गरिन्थ्यो ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ।
गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिकरुपमा श्रद्धाभाव प्रकट गरिएको छ ।

