हरि आचार्य, कपिलवस्तु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर कमिटिको भेला महत्वपुर्ण निर्णय गर्दै सम्पन्न गरिएको छ । भेलाले हालै मात्र जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा.बाुराम भट्राईद्धारा व्यक्त गरिएको हिन्दु धर्मावलम्वी माथि गरिएको विचार प्रति खेद तथा घोर भत्र्सना गर्ने निर्णय गरिएको छ ।

त्यस्तै भेलाले पुर्व सैनिक तथा प्रहरी, राष्ट्रसेवक कर्मचारीको वाणगंगा नगर स्तरिय कमिटि गठन गरेको छ । जसको अध्यक्षतामा भिम बहादुर पौडेल, उपाध्यक्षमा राम बहादुर चौधरी थारु, सचिवमा हृदयनारायण चौधरी गरि २१ सदस्यीय समिति गठन गरिएको छ ।

साथै भेलाले वाणगंगा नगरपालिका भित्र पार्टीलाई चुस्त दुरुस्त बनाउन राप्रपा संगठन विभाग समेत गठन गरेका छ । विभागको अध्यक्षमा चन्द्रकान्त भण्डारी, उपाध्यक्षमा जिवनारायण थारु, सचिवमा खुमानन्द पौडल समेत गरि १५ सदस्यीय समिति गठन गरिएको हो ।

पार्टीका वाणगंगा नगर कमिटि अध्यक्ष गिरिराज कडेंलको अध्यक्षता र नगर सचिव नवराज घिमिरेको सञ्चालन रहेको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य धुर्व रायमाझि, कृष्ण बहादुर चौधरी, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह लगायतले पार्टीले लिएको हिन्दुत्व, राजसंस्था सहितको मुद्धा सबै पार्टी र जनता बिच बहसको बिषय बनेकाले उक्त मुद्धालाई जनमत संग्रह घोषणा गर्न आग्रह गरेका थिए ।

त्यस्तै पछिल्लो राजनतिकि घट्ना क्रमले देशको वर्तमान व्यवस्था र संवैधानिक प्रणाली असफल भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *