राष्ट्रिय फुटबल टिमका प्रशिक्षकले राजीनामा दिने घोषणा

ByLumbini Darpan Online

१० श्रावण २०७८, आईतवार ०७:४८ १० श्रावण २०७८, आईतवार ०७:४८ १० श्रावण २०७८, आईतवार ०७:४८

लुदस,काठमाडौं,साउन १०

नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले सम्झौता अवधि बाँकी रहँदै राजीनामा दिने घोषणा गरेका हुन्।डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरोबारेमा नाटक गरेका छन्,’ उनले नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्।उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन्।यता, एन्फाका प्रवक्ता किरण राइले भने प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेपनि एन्फासम्म जानकारी नआएको बताए।‘सामाजिक सञ्जालमार्फत् राजीनामा दिने घोषणा गर्नु भएको रहेछ। तर, उहाँले राजीनामा दिँदैछु भनेर हामीलाई जानकारी दिनु भएको छैन,’ उनले भने।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *