रुपन्देहीसहित अन्य तिन जिल्लामा चारजना मृत फेला

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, काठमाडौं ,साउन १०
रुपन्देहसहित , महोत्तरी, कालीकोट र अछाममा चारजना मृत अवस्थामा फेला परेका छन्  .रुपन्देहीको सैनामैना नगरपालिका–१, बर्माडाँडा बस्ने ५३ वर्षीय चन्द्रबहादुर थापा बुटवल उपमहानगरपालिका–१२ स्थित चारपाला सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेका छन् । यही साउन ४ गते सोही जंगलमा च्याउ खोज्न गएको अवस्थामा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–१ स्थित भप्सी पुलमुनि हाल नाम, थर, वतन नखुलेकी करिब ७० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।कालीकोटको खाँडाचक्र नगरपालिका–७, तिला कर्णाली नदी किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेकाछन् ।छामको मंगलसेन नगरपालिका–१०, सेरा खोलामा हाल नाम, थर, वतन उमेर नखुलेका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ श्रावण १०, आईतवार ०८:०७