
लुदस, साउन १०
नेपालमा साफ च्याम्पियनशिप फूटबल प्रतियोगिता आयोजना गर्न दक्षिण एसियाली फूटबल महासंघ ९साफ०ले प्रस्ताव गरेको छ।दक्षिण एसियाली फूटबल महासंघ ९साफ०ले आगामी असोज(कात्तिक ९अक्टोबर०मा साफ च्याम्पियनशिप आयोजना गर्न अखिल नेपाल फूटबल संघ ९एन्फा०लाई प्रस्ताव गरेको हो।
साफ च्याम्पियनशिप बाङ्लादेशमा गर्ने तय भएको थियो। तर, कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि ८ साउनमा बसेको सदस्य राष्ट्रहरूको भर्चुअल बैठकले बाङ्लादेशमा नगर्ने निर्णय गरेको हो। त्यसपछि नेपाललाई प्रस्ताव आएको छ।
नेपालले यसअघि दुई पटक साफ च्याम्पियनशिपको आयोजना गरिसकेको छ। सन् १९९७ र २०१३ मा नेपालमा प्रतियोगिता भएको थियो। सन् २०१३ मा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलमा बाङ्लादेशसँग पराजित भएको थियोसाफका महासचिव अन्वरुल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई प्रस्ताव पठाएका हुन्।

