कैलालीमा साउन २१ गतेसम्म निषेधाज्ञा लम्बीयो

ByLumbini Darpan Online

११ श्रावण २०७८, सोमबार ०९:०१ ११ श्रावण २०७८, सोमबार ०९:०१ ११ श्रावण २०७८, सोमबार ०९:०१

 

 

साउन ११
कैलालीमा साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा साउन २१ गतेसम्म निषेधाज्ञा थपिएको हो ।विभिन्न गोष्ठी तथा तालिम, सेमिनार, बैठक, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गराउने, भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था भए २५ जनामध्ये बढी मानिस सहभागी नगराउने, घर बाहिर निस्किँदा अनिवार्य दुई मिटरको दूरी कायम गर्दै मास्कको प्रयोग गर्न पनि आदेशमा उल्लेख छ ।
जनस्वास्थ्यका मापदण्डको पालन गरेर मध्यम तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्न पाइने तर त्यस्ता सवारीसाधनले यात्रुहरुको नामावली र सम्पर्क नम्बरहरु प्रस्थान बिन्दु र गन्तव्य बिन्दुका ट्राफिक प्रहरी पोष्टमा अनिवार्य टिपाउनुपर्ने व्यवस्था गरिएको छ ।कैलालीमा साउन २१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *