
लुदस ,काठमाडौ,साउन १०
पछिल्लो २४ घण्छटमा तीन हजार ४२१ जना कोरोना संक्रमित थपिदा एक हजार ६८६ जना संक्रमणमुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार २७२ वटा नमूना परीक्षण गरिएकोमा ३४२१ कोरोना संक्रमित थपिएका हुन । योसँगै संक्रमितको संख्या सात लाख ३८ हजार ९१८ पुगेको छ ।
आज थप २५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ७३८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

