
बुटवल , साउन १३
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३९ बेडको क्याविन सेवा थप गरी आजदेखि औपचारिक रुपमा सुभारम्भ गरेको छ । । क्याविन सेवाका लागि अस्पताल विकास समितिले दुई वर्षअघि निर्माण गरेको भवनमा आज बुधबारदेखि औपचारिक रुपमा सेवा सुभारम्भ गरेको हो।
थप गरिएको क्याविन सेवामा न्यूनतम १ हजार ५ सयदेखि ४ हजारसम्मका विभिन्न स्तरका सेवासहितको बेड उपलब्ध रहेको अस्पतालले जनाएको छ । क्यविन सेवामा एसी डिलक्स, एट्याच ट्वाइलेट बाथरुप लगायतका सेवाहरु रहेका छन् । यस क्षेत्रकै पुरानो तथा ठूलो अस्पतालका रुपमा रहेको अस्पतालमा थप भएको क्याविन सेवासहितका ३७५ वेड क्षमता रहेको छ ।
क्याविन सेवा थप गरेसँगै निजी अस्पतालमा जाने सेवाग्राहीहरु समेत प्रादेशिक अस्पतालतर्फ आकर्षित हुने विश्वास अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। राजेन्द्र खनालले व्यक्त गरे ।३ करोड ९९ लाखमा निर्माण भएको भवनमा क्याविन सेवा शुभारम्भ गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले विशिष्ट सुविधासहितको सेवामा नयाँ आयाम थपिएको उल्लेख गरे । अस्पताललाई प्रादेशिक स्तरमा स्तरोन्नती गर्नका लागि डिपिआर निर्माण गरी आवश्यक कामहरु अघि बढिरहेका बेला यो सेवाले थप सहयोग गर्ने अपेक्षा गरे ।