आज रुपन्देहीमा ३० जना कोरोना संक्रमित थपिदा, २० जना संक्रमणमुक्त

[sharethis-inline-buttons]

 

बुटवल , सा(उन १३

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३० जना नयाँ संक्रमित थपिदा २० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ३०२ जनाको कोरोना परीक्षण गरिएकोमा ३० जनाकोरोना संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १५, तिलोत्तमा नगरपालिकाका ८, सिद्धार्थनगर नगरपालिका, देबदह नगरपालिकका र सैनामैना नगरपालिकामा २र२ जना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट एक जनाको ज्यान मृत्यु भएसंगै हालसम्म जिल्लामा ५१४ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । हाल रुपन्देहीमा कोरोनाका संक्रियबिरामी ३७२ रहेका छन्।


प्रकाशित : २०७८ श्रावण १३, बुधबार ११:०४