आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

[sharethis-inline-buttons]

 

लुदस, काठमाडौ,साउन १३

पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कुल १५ हजार ८०८ जनाको नमूना परीक्षाण गर्दा ३ हजार ८ सय ४० जना संक्रमित थपिएका हुन्।१० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ को एन्टिजेन परीक्षण गर्दा १२०६ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ।


प्रकाशित : २०७८ श्रावण १३, बुधबार ११:३१