बुटवल–साउन १४

नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक सघं इकाइ कार्य समिति तिलोत्तमा मगंलापुर रुपन्देहीले निमार्णका क्रममा घाइते भएका ठेकेदार तथा मजदुर हरुलाई औषधि उपचार बापतको रकम प्रदान गरेको छ ।
आज सघंको कार्यालयमा भएको एक कार्यक्रममा ठेकेदार तथा मजदुरहरु ६ जनालाई औषधि उपचार बापतको रकम प्रदान गरिएको हो । सघंको बसेको बैठकको निर्णय अनुसार उनिहरुलाई रु १ लाख बराबर औषधि बापतको रकम प्रदान गरिएको समितिका कोषाध्यक्ष यकिन खानले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक सघं इकाइ कार्य समिति तिलोत्तमाका अध्यक्ष सहस राम चौधरीले आफुहरु सधै ठेकेदार तथा मजदुरहरुको अधिकारका लागी लडिरहने बताउनु भयो । उहाले मजदुरहरुका सुरक्षाका लागी आफुहरु बिमा लगायतका बिषयमा सधै क्रियासील रहेको दाबि गर्नु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष गम बहादुर थापा , कोषाध्यक्ष यकिन खानले मजदुरहरुको अबस्था अहिले नाजुक रहेको बताउदै सघंले उनिहरुको चुल्लो निभ्न नदिन काम गरिरहेको बताउनु भयो । साथै मजदुरहरुको स्वास्थ्य सुरक्षालाई समेत ध्यान दिदै अगाडी बढने बताउनु भयो ।

सो अवसरमा संस्थाका १ जना सदस्यको मृत्यु पश्चात परिवारलाई किरिया खर्च बापत रु १५ हजार समेत प्रदान गरिएको छ । संस्थाका अध्यक्ष सहस राम चौधरी अध्यक्षतामा सम्पन्न राहत बितरण कार्यक्रमको सन्चालन संस्थाका सचिव देव ब थापाको सन्चालनमा सम्पन्न भएको थियो ।।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *