अर्घाखाँचीमा १६ गतेदेखि पूर्ण लकडाउन हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

साउन १४

अर्घाखाँची जिल्लामा साउन १६ गते राति १२ बजेदेखि लागु हुनेगरी पूर्ण रुपमा लकडाउन हुने भएको छ । जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन हुन लागेको हो ।जिल्लामा अत्यावश्यक बाहेक यातायात, बैंक तथा वित्तिय संस्था लगायत अन्य सबै क्षेत्र पूर्ण रुपमा बन्द हुनेछन् ।अत्यावश्यकका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको छ ।


प्रकाशित : २०७८ श्रावण १४, बिहीबार ११:०७