बुटवल , साउन १५
रुपन्देहीमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । हिजो बसेको बैठकले जिल्लामा कोरोना संक्रमणजोखिम कायम रहेकाले साउन ३२ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरीएको हो ।असार ३१ गते जारी गरेको नियमलाई निरन्तरता दिदैँ साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । निषेधाज्ञा लम्बिए पनि जिल्लामा सवारी साधन सञ्चालन गर्न, भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्न भने पाइने साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।




















