
काठमाडौं, साउन , १५
प्रहरीले ठमेलमा अवैध चिनियाँ रक्सी कारखानामा छापा मारेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अवैध रक्सी कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी झिहुईलाई पक्राउ गरेको हो । चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गरिरहेका थिए ।
ठूलो मात्रामा तयारी रक्सी तथा करिब १० हजार लिटर रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थसमेत बरामद गरिएको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गरिरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानी गर्दा चिनिया ब्राण्डमा लोकल रक्सी बिक्रि बितरण भएको पाइएपनि छापा मारेको उहाले बताउनुभयो । उहाले महङ्गोमा लोकल रक्सी बिक्रि बितरण गर्ने गरिएको पाइएको जानकारी दिए ।पक्राउ परेका चिनियाँ नागरिकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

