टोक्यो ओलम्पिकमा जापान र अमेरिकाले चिनलाई पछ्याउँदै

[sharethis-inline-buttons]

 

साउन १६

जापानको राजधानी टोक्योमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीनले अग्रता बढाउँदै लगेको छ भने जापान र अमेरिकाले चिनलाई अगाडि बढिरहेका छन । । शनिबार दिउँसोसम्मको नतिजा अनुसार चीनले २० वटा स्वर्ण पदक जितिसकेको छ।चीनले अहिलेसम्म २० स्वर्ण, १२ रजत र ११ कास्य पदक जित्न सफल भएको छ। शुक्रबारसँग टक्कर दिइरहेका जापान र अमेरिकालाई चीनले विस्तारै पछाडि छाड्न थालेको हो।

पदक तालिकाको दोस्रो स्थानमा रहेको आयोजक जापानले शनिबारसम्म १७ स्वर्ण, चार रजत र सात कास्य पदक जितेको छ। उता अघिल्ला ओलम्पिकमा एकछत्र राज गर्दै आएको अमेरिका अहिलेसम्म तेस्रो स्थानमा छ। उसले शनिबारसम्म १६ स्वर्ण, १७ रजत र १२ कास्य जितेको छ। त्यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६५ देशले पदक जितेका छन्। यता नेपालका पाँच खेलाडी रित्तै घर फर्किएका छन्। चार खेलबाट सहभागी पाँच खेलाडीमध्ये केहीले राष्ट्रिय कीर्तिमान सुधार गरे।


प्रकाशित : २०७८ श्रावण १६, शनिबार ०८:३९