लुदस, काठमाडौं, साउन १६
जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्वाचित भएका छन् । आज सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी अध्यक्ष यादवलाई निर्विरोध संसदीय दलको नेतामा निर्वाचित गरेको हो ।यादवलाई दलको नेता बनाउन संघीय परिषद् अध्यष डा। बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका थिए ।