आज २५६८ जना कोरोना का बिरामी थपिदा, २०२० जनाको संक्रमणमुक्त

ByLumbini Darpan Online

१७ श्रावण २०७८, आईतवार ११:१५ १७ श्रावण २०७८, आईतवार ११:१५ १७ श्रावण २०७८, आईतवार ११:१५

लुदस ,काठमाडौँ ,साउन १७

पछिल्लो २४ घण्टामा २,५६८ जना कोरोनाका बिरामी थपिदा २०२० जनाको संक्रमणमुक्त भएका छन् । आज देशभरका बिभिन्न प्रयोगशालामा ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो । पदिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । तीमध्ये ९ हजार ८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *