कर्णालीमा डुङ्गा दुर्घटना हुदा घाइते एक महिलाको ज्यान गयो

[sharethis-inline-buttons]

 

साउन १७

कैलालीको कर्णाली नदिमा डुङ्गा दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी मोहन्याल गाउँपालिका वडा नम्बर ३ की १९ बर्षिया धनसरा सलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ रागाँ मलेखाबाट कर्णाली नदी पारी सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा आइतवार मध्यान्न डुङ्गा दुर्घटना भएको हो ।

घाइते मृतकका एक महिनाको छोरा कर्ण सलामीको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा परि बेपत्ता ३ जनाको खोजिकार्य भइरहेको जानकार िगराइएको छ ।

कर्णाली नदिमा काठको डुङ्गामा सवार भएका १० जना मानिसहरू मध्ये ५ जनाको सकुशल , २ जना घाइते र ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ का २० बर्षिया उर्मिला सलामी मगर र उनको १० दिनको बच्चा, सोही ठाउँकी २० वर्षिया पार्वती थापा बेपत्ता भएका छन् ।


प्रकाशित : २०७८ श्रावण १७, आईतवार ११:४०