साउन १७
सिन्धुपाल्चोकको मेलम्ची खोलाको मुहान क्षेत्रमा पहिरो खस्ने क्रम अझै पनि जारी छ । पहिरो खस्ने क्रम नरोकिएपछि मेलम्ची आसपासका क्षेत्रका स्थानीयलाई ‘हाइअलर्ट’मा राखिएको छ । लेदो सहितको पानी बग्ने र नदीको दाँयाबाँयाबाट पहिरो खस्ने क्रम निरन्तर जारी रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
‘कतिबेला के हुने हो, भन्न सकिने अवस्था छैन ।’ उद्दारमा खटिएका डीएसपी बस्नेतले भने, (‘डाँडाबाट पहिरो खसिरहेको छ। मेलम्ची मुहानमा लेदो भीमथाङबाट बगिरहेको छ।’ मेलम्ची करिडोरका क्षेत्रमा जोखिम कायमै रहेको उनले बताए ।




















