कोरोनाले छेकेन भत्तजनको आस्था, लक्ष्मणघाटमा जल चढाउनेको घुईचो

ByLumbini Darpan Online

१८ श्रावण २०७८, सोमबार १३:१६ १८ श्रावण २०७८, सोमबार १३:१६ १८ श्रावण २०७८, सोमबार १३:१६

लुदस, जितपुर
आज सोमबार श्रावणी सोमवार अर्थात कृष्ण नवमी देशका विभिन्न धार्मिक स्थल जस्तै कपिलवस्तुको लक्ष्मणघाटमा पनी भत्तजनहरुको भिड लागेको छ ।
लक्ष्मणघाटमा पुजाआजा गर्ने र जल चढाउनेको भिड बढेको हो । विहान देखिनै लक्ष्मणघाट समिपमा रहेको बाणगंगा नदिमा जल भर्ने स्थान गर्ने पुजाआजा गर्ने जल चढाउनेहरु को घुईचो लागेको थियो ।

सदाका वर्षहरु जस्तै यसवर्ष जल चढाउनेको भिड बढेको भएतापनी मन्दिर व्यवस्थापन समितिले आयोजना गर्ने गरेको बोलवम मेला भने स्थगित गरेको छ । कोरोना महामारी भएको भन्दै औपचारिक मेला बन्द गरिएको तर भत्तजनको आस्थालाई रोक्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर काउचाले बताए ।

सधैका वर्षहरुमा गुरु पुणर्िमा देखि जनै पुणर्िमा अर्थात श्रावण शुक्ल पुणर्िमा सम्म बोलवम मेला लाग्ने गर्दथ्यो । तर गत वर्ष र यसवर्ष कोरोना महामारीलाई मध्यनजर गरि मेला आयोजना नगरिएको काउचाको भनाई छ । लक्ष्मणघाट परापुर्वक कालदेखि नै आस्थाको धाम भएकोले पनि भत्तजनहरुको भिड लाग्ने गरेको व्यवस्थापन समितिका सचिव प्रकाश भुषालले बताए । खाँसगरि श्रावण महिनामा शिवको पुजाआजा गर्दा रोग व्याधि नलाग्ने, पुत्र लाभ हुने, गृह शान्ति हुने प्राकृतिक प्रकोपले नछुने , लगाएतको मनोकाक्षा पुरा हुने मन्दिरका पुजारी बटराज पोख्रेलले बताए । लक्ष्मणघाटमा शिवको ठुलो मुर्तिका साथै शिव मन्दिर , राम लक्ष्मण मन्दिर, मनकामना मन्दिर, राधा कृष्ण मन्दिर सुपा देउराली मन्दिर लगाएतका मन्दिरहरु रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *