
बुटवल , साउन १९
लुम्बिनी प्रदेशमा बितेको तीन वर्षको अवधिमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्याले सवारी दुर्घटना बढ्दै गएको देखाएको छ ।बितेको तीन आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार ६ सय बढी व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । प्रदेशका १२ वटै जिल्लामा आर्थिक वर्ष ०७५र०७६ देखि ०७७र०७८ सम्ममा तीन वर्षको अवधिमा १ हजार ६ सय १ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको भएको क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जनाएको छ । तीनवर्षको अवधिमा प्रदेशमा ३ हजार ३ सय ६२ सवारी दुर्घटना भएका छन् । जसबाट ३ हजार ७० जना गम्भिर घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए । उनकाअनुसार तीन वर्षमा सबैभन्दा बढी बितेको वर्षमा धेरै सवारी दुर्घटना भएका छन् ।
बितेको अघिल्लो दुई वर्षको तथ्यांकलाई हेर्दा पछिल्लो एक वर्षमा सवारी दुर्घटना बढेको देखिएको छ भने मानविय क्षेति केहि कम भएको देखिएको छ । आर्थिक वर्ष २०७५र०७६ मा १ हजार २९ सवारी दुर्घटनामा ५ सय ९२ जनाको मृत्यु भएको छ भने ९ सय ३३ जना गम्भिर घाइते भएका छन् । आर्थिक वर्ष ०७५र०७६ को तुलनामा ०७६र०७७ मा दुर्घटना बढी भएको छ । आर्थिक वर्ष २०७६र०७७मा १ हजार १ सय २२ सवारी
दुर्घटना भएका छन् । यस अवधिमा सवारी दुर्घटना बढी भएपनि मानविय क्षतिमा केही कमी देखिएको छ । यस अवधिमा ४ सय ८३ जनाको दुर्घटनाबाट मृत्यु भएको छ भने १ हजार ५४ जना गम्भिर घाइते भएका छन् । सवारी यस्तै बितेको आर्थिक वर्ष ०७७र०७८ मा १ हजार २ सय ११ सवारी दुर्घटनामा ५ सय २६ जनाको मृत्यु भएको छ भने १ हजार ८३ जना गम्भिर घाइते भएका छन् ।
अघिल्लो वर्षको तुलनामा बितेको वर्षमा सटर्घटना पनि बढी भएका छन् भने दुर्घटनाबाट मानविय क्षति पनि बढी भएको छ। बढ्दो सवारी र गुणस्तरहिन सडक, चालकको लापरबाहीलगायतका कारण प्रदेशमा वर्षेनी सवारी दुर्घटनाबाट सयौंले ज्यान गुमाउनु परेको छ। प्रदेशमा तीन वर्षको तथ्यांकलाई हेर्दा मासिक ८५ बढी सवारी दुर्घटना हुने गरेका छन् भने ४४ जनाको सवारी दुर्घटनाबाट ज्यान जाने गरेको छ ।
आर्थिक वर्ष ०७५र०७६ मामंसिरमा सबैभन्दा बढी दुर्घटना भएको छ भने सबैभन्दा कम माघमा कम भएको छ। मंसिरमा १ सय ४ सवारी दुर्घटनामा ६८ जनाको मृत्यु भएको छ भने माघमा ६२ सवारी दुर्घटनाबाट ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी आर्थिक वर्ष ०७६र०७७ मा जेठमा सबैभन्दा बढी दुर्घटना भएको छ भने चैतमा सबैभन्दा कम र्न देखिएको छ । जेठमा १सय२३ सवारी दुर्घटना हुँदा ३७जनाको मृत्यु भएको छ भने चैतमा ५२ सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको छ ।
बितेको वर्षमा मंसिरमा सबैभन्दा बढी १ सय४४ सवारी दुर्घटनामा ५७ जनाको मृत्यु भएको छ भने जेठमा सबैभन्दा कम ५७ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । प्रदेशमा गत बर्षको साउन महिनामा १ सय ४ सवारी दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । त्यसैगरी भदौमा १ सय ११ वटा दुर्घटनामा २६ असोजमा ७३ दुर्घटनामा २४, कार्तिकमा १ सय ७ दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ ।
त्यस्तै , पुस महिनामा ९८ दुर्घटनामा ५५, माघमा १ सय दुर्घटनामा ४४, फागुनमा ९९ दुर्घटनामा ५४, चैतमा १ सय ५ २८ दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ। यस्तै बैशाखमा ९५ दुर्घटनामा ५७, र असारमा ९० दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ ।( स्रोत बुटवल टूडे दैनिक

