बुटवल ,साउन २१
बुटबल लुम्बिनी प्रादेशिक अस्पताल अर्घाखाँचीकी एक संक्रमित महिलाको मृत्यु भएको छ । ती महिलामा स्वाश्वप्रस्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका १ की ७५ वर्षीया महिला रहेकि छन् ।साउन १३ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको गौतले बताए ।




















