काठमाडौं, साउन २२
जापानको राजधानी टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा हालसम्म ६३ देशले स्वर्ण जितिसकेका छन्। जसमा चीन अग्रस्थानमा रहेको छ। चीनले आज बिहानसम्म ३४ स्वर्ण जितेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाभन्दा चीन ५ स्वर्णले अघि छ। अमेरिकाले चीनसँगको स्वर्ण पदक अन्तरलाई केही कम गरेको छ। बिहीबार बिहानसम्म दुई देशबीच सात स्वर्णको अन्तर रहेको थियो।
चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १६ कास्यसहित कुल ७४ पदक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कास्य प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको जापानले २२ स्वर्ण, १० रजत र १४ कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै चौथो स्थानमा रहेको अष्ट्रेलियाले १७ स्वर्ण, पाँच रजत र १९ कास्य पदक प्राप्त गरेको छ।



















