काठमाडौं ,साउन २२
नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएका छन । नेपालले आगामी सेप्टेम्बर २ र ५ तारीखमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुने भएको छ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अखिल नेपालले फुटबल संघ ९एन्फा० तथा अल इंडिया फुटबल फेडेरेसन ९एआईएफएफ० को सहमतिमा हुन लागेको हो। आगामी साफ च्याम्पियनशिपलाई मध्यनजर गर्दै यी दुई राष्ट्रले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।