ताजा अपडेट

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

महामारीमा ज्यान गुमाउने १० हजारमध्ये ‘धेरैलाई बचाउन सकिन्थ्यो’ :विज्ञ

लुम्बिनी दर्पण २०७८ श्रावण २३, शनिबार ०७:५३
[sharethis-inline-buttons]

काठमाण्डौं ,साउन २३

नेपालमा उपयुक्त व्यवस्थापन गर्न सकिएको भए कोभिडका कारण मृत्यु भएका १०,००० नागरिकमध्ये ‘उल्लेख्य सङ्ख्या’ जोगिने अवस्था रहेको एक विज्ञले बताएका छन्। शुक्रवारको तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १०,०१९ पुगेको छ।

महामारीको अभूतपूर्व समय भए तापनि कोभिडका लागि उपलब्ध उपचार पद्धति एकै खाले रहने बताउँदै जनस्वास्थ्य विज्ञ डा। शरद वन्त ‘कमजोर व्यवस्थापन’का कारण सामान्य वा मध्यम खाले लक्षण भएकै धेरै मानिसहरूले ज्यान गुमाउनु परेको ठान्छन्। कोभिड सङ्क्रमितहरूमा नेपालको मृत्युदर १।४२ प्रतिशत छ भने छिमेकी भारतको १।३४ प्रतिशत छ।

सबैभन्दा धेरैले ज्यान गुमाएका अमेरिका र ब्रजिलको मृत्युदर क्रमशः १।७४ र २।७९ प्रतिशत छ। डा। वन्त भन्छन्, “मृत्युदर हामी कुन देशभन्दा अगाडि वा पछाडि भनेर समीक्षा गर्ने विषय होइन। यो त गुमाएका ज्यानमध्ये हामीले कति बचाउन सक्थ्यौँ भनेर हेरिनुपर्ने विषय हो।”

स्वास्थ्य अधिकारीले समेत एक प्रतिशतभन्दा माथि रहेको मृत्युदरलाई आफूहरूले कम नमानेको बताएका छन्। “ज्यान गुमाउने प्रत्येक परिवारका लागि मृत्युको हिसाब शतप्रतिशत हो,” स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने। “दोस्रो लहरमा अझ धेरै क्षति हुन सक्थ्यो। अग्रमोर्चामा रहेर काम गर्ने र जोखिमयुक्त समूहका मानिसहरूलाई पूर्ण वा कम्तीमा एउटा मात्रा मात्रै भए पनि खोप दिएर क्षति थप बढ्नबाट रोक्न सक्यौँ भनेर समेत हेर्नुपर्छ।”

दोस्रो लहरयता बढ्यो ‘मृत्युदर’
गत वर्ष चैत मसान्तसम्म ३,०५९ जनाले कोभिडबाट ज्यान गुमाएकामा बाँकी झन्डै ७० प्रतिशत मृत्यु दोस्रो लहर सुरु भएयता अर्थात् वैशाखयताको साढे तीन महिनामा भएको देखिन्छ।

जेठ पहिलो सातादेखि साउन तेस्रो साताबीच मात्र पाँच हजार मानिसहरूले कोभिड जोडिएका घटनामा ज्यान गुमाएको सरकारी विवरण छ। स्वास्थ्य अधिकारीहरूले पहिलो लहरमा अस्पताल भर्ना हुने र भर्ना भएकामा समेत मृत्यु दर निकै कम रहेको बताउँछन्।

दक्षिण एशियामा कोभिड मृत्युदर। कोभिड सङ्क्रमितको मृत्युदर ९प्रतिशतमा०। कोभिड सङ्क्रमितको मृत्युदर ९प्रतिशतमा० ।
त्यस बेला मृत्युदर एक प्रतिशतभन्दा निकै कम रहेको बताउँदै डा। अधिकारी दोस्रो लहरमा अस्पतालमा बिरामीको चाप एक्कासि बढ्दा स्रोत(साधनमा व्यवस्थापकीय चुनौती थपिएको बताउँछन्। जनस्वास्थ्य विज्ञ डा। वन्त भने तिनै कमजोर व्यवस्थापन र प्रभावकारी सूचना प्रवाह नभएका कारण नगुम्नुपर्ने ज्यानहरू गुमेको बताउँछन्।

उनी भन्छन्, “सामान्य निगरानी भए पुग्ने धेरै बिरामीहरूले अस्पतालका शय्याहरू ओगटेर बस्दा आवश्यक भएकाहरूले सेवा पाएनन्। नेपालमा या त मानिसहरू घरमै बस्न बाध्य भए या त अस्पताल खोज्दैमा उनीहरूको समय बित्यो।” डा। वन्त अझै पनि गम्भीर र सामान्य बिरामीलाई छुट्याउने संयन्त्र नहुँदा नहुनुपर्ने मृत्यु भइरहेको ठान्छन्।

सरकारी भनाइ के छ ?

स्वास्थ्य अधिकारीहरूले सङ्क्रमण रोकथाम र नियन्त्रण नहुँदासम्म मृत्युको सङ्ख्या उल्लेख्य रूपमा घट्ने सम्भावना नहुने बताउँछन्।

“सङ्क्रमण रोक्न सकेको अवस्थामा अस्पतालहरूमा चाप पर्दैनथ्यो र गम्भीर बिरामीहरूलाई सहज रूपले स्याहार गर्न सक्थे,” डा। अधिकारी भन्छन्। “सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने बुझाइमा एकरूपता नहुनाले नियन्त्रण गर्ने मामिलामा अपेक्षित प्रतिफल हासिल नभएको हाम्रो बुझाइ छ।” तर पनि भाइरसको उच्च सङ्क्रामक स्वभाव, उपलब्ध स्वास्थ्य पूर्वाधार तथा प्रणाली, तीन तहका सरकारहरूबीच समन्वय, भौगोलिक जटिलता र सर्वसाधारणको कमजोर आर्थिक(सामाजिक स्तरबीच ‘थप गुम्न सक्ने ज्यानहरू बचाएको’ स्वास्थ्य अधिकारीहरूको दाबी छ।

खोप लगाउनेहरू बढिरहेको अवस्थामा तेस्रो लहरका बेला ‘मृत्युदर पहिलेजस्तो नहुने’ स्वास्थ्य अधिकारीहरूको आशा छ। नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या अहिलेसम्म २२ लाख नाघेको छ भने लगभग त्यतिले पहिलो मात्रा मात्र खोप लगाएका छन्। नेपालमा अहिलेसम्म झन्डै एक करोड मात्र खोप भित्रिएको छ भने असोजभित्र अर्को एक करोड मात्र थपिने सरकारी आकलन छ। स्रोत बीबीसी


प्रकाशित : २०७८ श्रावण २३, शनिबार ०७:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

आज गाईजात्रा पर्व मनाइँदै

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

भर्खरै

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech