
हरि आचार्य, कपिलवस्तु
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मेगा बैंक नेपाल लिमिटेड जितपुर शाखाद्धारा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । बैंकले बाणगंगा नगरपालिका वडा नं. २ पिपरा स्थित सुपा देउराली मन्दिर परिसरमा सरसफाई गर्नुका साथै फुलका विरुवाहरु रोपेको हो ।
मन्दिरलाई आकर्षण र वातावरणिय सन्तुलनलाई कायम राख्नका लागि उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
आर्थिक कारोवारसंगै बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिईरहेको बैंकका शाखा प्रमुख सरोज भण्डारीले बताएका छन् ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नहकुल शाहिले बैंकले उदारहरणिय कार्य गरको भन्दै खुसी व्यक्त गरे ।
सोहि कार्यक्रममा बैंकका शाखा प्रबन्धक सरोज भण्डारीले बैंकले सामाजिक कार्यक्रमहरुमा समेत सहकार्य गर्दै आएको र भविष्यमा पनि यस्ता विभिन्न सामाजिक कार्यमा हातेमालो गर्न तयार रहेको बताए ।
कार्यक्रममा शाखा प्रबन्धक सरोज भण्डारी, कर्जा शाखा प्रमुख फर्सुराम गैरे, अपरेशन ईन्चार्ज शारदा मरासिनि, कर्जा शाखाका कर्मचारी प्रकाश मरासिनि, कर्मचारीहरु भरत तिमिल्सिना, बिशाल उप्रेती, कबिता पाण्डे, बबिता आचार्य, कमल नेपाली, भुमिका मरासिनी, मन्दिर ब्यबस्थापन समितिका सदस्य बाबुराम पाण्डे, हरि प्रसाद न्यौपाने, ओम प्रकाश न्यौपाने लगायत पदाधिकारी तथा बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
तस्बिरहरु

