ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बत्ती जाने क्रम बढ्नुको कारण के लोडशेडिङ फेरि हुन लागेको हो र ?

लुम्बिनी दर्पण २०७८ श्रावण २४, आईतवार ०७:५५
[sharethis-inline-buttons]

 

काठमाडौँ, साउन २४

काठमाण्डौँ उपत्यका र देशका अन्य भागमा पछिल्ला केही दिनहरूमा बत्ती जाने क्रम बढेको गुनासो सर्वसाधारणले गरिरहेका छन्। एकै दिनमा पटक पटक बत्ती जाने गरेको कहिलेकाहीँ एक घण्टा भन्दा बढी समय बत्ती जाने गरेको गुनासो सामाजिक सञ्जालहरूमा उपभोक्ताहरूले पोस्ट गर्ने गरेका छन्।

कतिपयले १८ घण्टाभन्दा बढी लोडशेडिङको मार खेपिसकेको नेपाल पुनः त्यही बाटोमा फर्कन लागेको हो की भन्ने किसिमका आशङ्का पनि व्यक्त गरिरहेका छन्। तर नेपाल विद्युत् प्राधिकरणले भने पछिल्लो समय उत्पन्न भएको अवस्था र लोडशेडिङबीच सम्बन्ध नरहेको जनाएको छ। देशमा हाल विद्युत् उत्पादनको अवस्था ”राम्रो रहेको” र भारतबाट गरिँदै आएको आयात समेत ”घटेको” प्राधिकरणको भनाइ छ। त्यसो भए झ्याप्प झ्याप्प बत्ती जाने समस्या किन उत्पन्न भइरहेको छरु

के हो कारणरु
काठमाण्डूमा हाल त्यसरी बत्ती जानुको कारणमध्ये एक भक्तपुर – बानेश्वर – पाटन ६६ केभी प्रसारण लाईको क्षमता अभिवृद्धि आयोजना रहेको अधिकारीहरूको भनाइ छ। हाल भक्तपुरको कटुन्जे – बानेश्वर ६६ के भी प्रसारण लाइन खण्डको पुरानो तथा जीर्ण कन्डक्टर बदल्ने कार्य भइरहेको र प्रत्येक दिन त्यसैका कारण बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म उक्त प्रसारण लाइन बन्द गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।

”धेरै पुरानो प्रसारण लाइन रहेछ। पट्क पटक समस्या आउने हुँदा कन्डक्टर फेर्ने क्रममा वरपरको लाइन बन्द गर्नुपर्ने हुन्छ,” उनले भने। लगनखेल र लुभु लगायतका स्थानहरूमा स्थित फीडरहरू त्यसबाट प्रभावित भएको उनले जानकारी दिए। त्यसबाहेक सडक विस्तारका क्रममा वितरण लाइन स्थानान्तरण गर्नुपर्दा पनि समस्या परेको उनले जानकारी दिए।

बत्ती झ्याप्प झ्याप्प जानुमा जमिन मुनिबाट बिजुलीको तार बिछ्याउने कार्य पनि कारक रहेको बताइएको छ। काठमाण्डू उपत्यका बाहिर पनि मर्मत सम्भारका कामका कारण समस्या आएको हुन सक्ने उनले जानकारी दिए।

उत्पादनको अवस्था कस्तो छर ?
बिजुली गइरहने समस्या काठमाण्डू सहित विभिन्न स्थानमा देखा परेको भए पनि विद्युत् उत्पादनमा भने समस्या नरहेको प्राधिकरणले जनाएको छ। हाल ४५६ मेगावाट जडित क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको चार वटा युनिट ग्रिडमा जोडिएको बताइएको छ।

हरेको युनिटले ७५ मेगावाट विद्युत् उत्पादन गर्नेहुँदा हाल उक्त आयोजनाले ३०० मेगावाट विद्युत् उत्पादन गरिरहेको तिम्सिनाले जानकारी दिए। त्यसकै कारण पछिल्लो समय भारतबाट हुँदै आएको विद्युत् आयात भने १०० मेगावाट भन्दा कममा झरेको बताइएको छ।

पछिल्लो समय नेपालको आन्तरिक बजारमा विद्युत्को माग पनि बढेको प्राधिकरणको भनाइ छ। तिम्सिनाका अनुसार नेपालमा दैनिक झन्डै ३ करोड युनिट विद्युत् खपत हुन्छ। त्यो सङ्ख्या गत वर्ष २।५ करोडको हाराहारीमा थियो। त्यस्तै अत्यधिक माग १,४०० देखि १,५५० मेगावाटको बीचमा छ भने न्यूनतम माग १,००० मेगावाटको आसपासमा रहेको बताइएको छ। नेपालमा बेलुकाको समयमा सबैभन्दा बढी विद्युत् खपत हुने अधिकारीहरू बताउँछन्।

”लोडशेडिङ भनेको जति माग छ त्यसलाई परिपूर्ति गर्न नसकेपछि लोड काट्दा हुने हो। त्यो त अवस्थै छैन नि। आन्तरिकबाट ९उत्पादन० भएन भने भारतबाट भए पनि ‘ त्यो गरेको त चार पाँच वर्ष भइसक्यो,” तिम्सिनाले भने।

कसरी समाधान गर्न सकिन्छ यस्ता समस्यार ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष कृष्णप्रसाद आचार्य भने उक्त भनाइसँग सहमत छैनन्। उनी भन्छन्, ”बत्ती बाल्ने कुरामा हामी लोडशेडिङ मुक्त भएको अवस्था हो। अन्य( औद्योगिक खपत, कृषि, सिँचाइ, व्यापार, व्यवसायमा हुने खपत त हामीले कुरा गरेकै छैनौँ।”

आचार्यका अनुसार प्रसारण लाइन र ट्रान्सफर्मरहरूको कमजोरीका कारण काठमाण्डू लगायतका स्थानहरूमा बेला बेलामा बत्ती गइरहने समस्या देखिएको हो। ”पहिले पहिले आवश्यकता अनुसारको विद्युत् उपयोग हुनै पाउँदैन थियो। प्रसारण लाइनमा प्रसारण नै हुँदैन थियो। तर अहिले ‘फुल फ्लेजेड’ बिजुली छ, तर प्रसारण लाइन कमजोर छ। त्यसलाई अपग्रेड नगरेसम्म समस्या रहिनै रहन्छ,” उनले भने। नेपालमा विद्युत् व्यापार गर्ने अधिकार प्राधिकरणसँग मात्रै छ।

विद्युत् व्यापारका धेरै पाटा एउटै निकायले हेर्दा भार परेका हुँदा अपेक्षाकृत रूपमा मर्मत संहार र व्यवस्थापन लगायतका कार्यहरू हुन नसकेको आचार्य बताउँछन्। प्राधिकरण एक्लैले धान्न नसक्ने अवस्थामा निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि बाटो खुला गरिदिनुपर्ने उत्पादकहरू बताउँछन्। निजी क्षेत्रको सरोकार ”नाफा र नोक्सानसँग सम्बन्धी हुने हुँदा” सेवामा सुधार हुने उनीहरूको भनाइ छ।

बजारमा प्रतिस्पर्धा भएको अवस्थामा नयाँ प्रदायकहरूले दिने सेवामा मात्रै नभएर सेवा दिँदै आएको प्रदायकको गुणस्तरमा पनि सुधार हुने आचार्यले तर्क गरे (बीबीसी


प्रकाशित : २०७८ श्रावण २४, आईतवार ०७:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech