क्रिकेटलाई ओलम्पिकमा समावेश गराउन आईसीसीलेको पहल

[sharethis-inline-buttons]

काठमाडौं,  साउन २६

अ सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेश गर्न न्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले हल थालेको छ । क्रिकेटको सर्वोच्च निकाय आईसीसीले मंगलबार ओलम्पिकमा सहभागिता गराउनका लागि पहल शुरु गरेको जनाएको छ ।

आईसीसीले क्रिकेट ओलम्पिकमा समावेश गर्न इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डका प्रमुख इयान वाटमोरको अध्यक्षतामा ओलम्पिक कार्यदल गठन गरेको छ । यसमा पेप्सिको इंकका पूर्व सीईओ इन्द्र नूई र यूएसए क्रिकेट प्रमुख पराग मराठे पनि सामेल छन् ।
हाम्रो यस बिडको पछि एकजुट छ, र हामी ओलम्पिकलाई क्रिकेटको एक दीर्घकालीन भविष्यको एक हिस्साको रुपमा देख्छौं,’ आईसीसी अध्यक्ष ग्रेग बार्कले भने, ‘विश्वव्यापी रुपमा हाम्रो एक अर्बभन्दा धेरै प्रशंसकहरु छन् र तीमध्ये लगभग ९० प्रतिशत ओलम्पिकमा क्रिकेट हेर्न चाहन्छन् ।

क्रिकेटको ३२ प्रतिशत समर्थक दक्षिण एसियाबाट छन्, जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानमा यो प्रमुख खेल हो । बार्कले २०२८ को ओलम्पिकमा क्रिकेट खेल समावेश भए अमेरिकामा ३० करोड क्रिकेट प्रशंसकद्वारा स्वागत गरिने बताए ।


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार ०९:५०