उपत्यकामा राती ८ बजेपछि सवारी साधन सञ्चालन नहुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमाण्डौँ,साउन २६
उपत्यकामा राती ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको भन्दै उपत्यकामा सवारी सञ्चालनमा कडाई गरिएको हो । उक्त निर्णय बिहीबारबाट लागू हुनेछ ।मंगलबार बसेको काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा राती ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डिप्रसाद निरौलाले ८ बजे अगाडि नै सबै यात्रुहरु गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय भएको जानकारी दिए ।


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार १०:०४