तीन करोड बढी कोरोना विरुद्ध खोप ल्याउने सरकारको तयारी

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, साउन २७
सरकारले कोभिड १९ विरुद्ध थप तीन करोड बढी खोप ल्याउने प्रक्रिया बढाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण प्रसाद पौडेलले बुधबारको प्रेस ब्रिफिङमा थप बाहिरबाट तीन करोड ३६ लाख ७१ हजार ९ सय ५० मात्रा खोप ल्याउने प्रक्रियामा रहेको जानकारी दिएका हुन्।

उनका अनुसार हालसम्म विभिन्न मितिमा एक करोड ८ लाख ६० हजार एक सय ७० मात्रा खोप प्राप्त भएको छ। ‘असोज मसान्त सम्ममा एक करोड दुई लाख खोप ल्याइने छ,’उनले भने, ‘त्यसपछि एक तिहाई जनसंख्यालाई खोप लगाइसक्छौँ भन्ने अपेक्षा लिएका छौँ, बाँकी माग सम्ममा प्राप्त हुनेछ,आफ्नो पालो कुरेर खोप लगाऔँ।’

उनले फागुन सम्ममा पाँच करोड २२ लाख खोप ल्याउने तयारी भएको पनि बताए। उनका अनुसार मंगलबार ९हिजो० सम्ममा ४५ लाख ४० हजार बढीले दुई डोजको खोप लगाएका छन् भने २७ लाख बढीले एक मात्रामा खोप लगाएका छन्।


प्रकाशित : २०७८ श्रावण २७, बुधबार १३:१८