ताजा अपडेट

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

पाँच वर्षमुनिका बालबालिकामा बढ्यो रोगको सङ्क्रमण

लुम्बिनी दर्पण २०७८ श्रावण २८, बिहीबार ०७:४९
[sharethis-inline-buttons]

मार्तडी ,साउन २८

जिल्लामा पछिल्लो समयमा बालबालिकामा विभिन्न रोगको सङ्क्रमण बढ्न थालेको छ । बुधबार जिल्ला अस्पताल बाजुराले पत्रकारसँगको अन्तक्र्रियामा पछिल्लो चार वर्षयता बालबालिकामा निमोनिया, झाडापखालालगायतका रोगको सङ्क्रमण बढेको अस्पतालका प्रमुख डा ।प्रकाशराज जोशीले बताएका छन् ।

उनले पछिल्लो दुई सातामा ३७ बालबालिकालाई कोरोनासँग मिल्ने रोगको सङ्क्रमणले बढी प्रभावित बनाएको र अस्पतालमा उपचारमा गराउनेको सङ्ख्या बढेको बताए । यही साउन १५ गतेयता अस्पतालमा ३७ बालबालिका निमोनियालगायतका रोगले ग्रस्त भई उपचारमा आएको तथ्याङ्क पत्रकारसँगको अन्तक्र्रियामा सार्वजनिक गरिएको हो ।

अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बालबालिकामा श्वासप्रश्वासमा समस्या आउने, झाडापखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखा परेको भन्दै नयाँ भेरियन्टको डेल्टा नामक कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो भएकाले बालबालिका बढी प्रभावित बनेको बताए । एकाएक सबै पाँच वर्षमुनिका बालबालिकामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । जिल्लामा विगत चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा डरलाग्दो सङ्क्रमण पहिलोपटक देखिएको कार्यालय प्रमुख डा ।जोशीको भनाइ छ ।

भर्ना भएकामध्ये ३० जना निको भएर घर फर्किएका छन् भने छ जनाको अझै उपचार भइरहेको छ । एक जनालाई थप उपचारका लागि रिफर गरिएको छ । भर्ना भएकामध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको अस्पतालका कार्यालय प्रमुख डा। जोशीले बताए । उपचारका लागि भर्ना भएकामध्ये अधिकांशमा ज्वरो, निमोनिया, श्वासप्रश्वास र पखालाको सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई अक्सिजनको सहारामा उपचार गर्नुपरेको छ ।

मौसमी सङ्क्रमण हो वा भाइरल ज्वरो हो भन्ने यकिनका लागि परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको कोभिड–१९ सूचना अधिकारी चूडामणि पन्तले बताए । कोरोना लक्षणसँग मिल्ने हुँदा एन्टिजेन जाँच गर्दा नेगेटिभ देखाए पनि ज्वरोको सङ्क्रमण मात्र हो भन्ने अवस्था नरहेको अस्पतालका कोभिड–१९ सूचना अधिकारी पन्तले बताए । स्वास्थ्यकर्मीले कोरोनाको तेस्रो लहर हुनसक्ने अनुमानसहित थप जाँचको आवश्यकता देखिएको बताएका छन् ।

पाँच वर्षभन्दा कम उमेर समूहका अधिकांशका एकाएक एकै प्रकारको सङ्क्रमण र लक्षणको समस्या देखिनु सामान्य नहुने भएकाले घर परिवारले ख्याल गर्नुपर्ने अस्पतालले जनाएको छ । सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने र खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । रासस


प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ०७:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

भर्खरै

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech