काठमाडौं, साउन २७
काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । निषेधआज्ञालाइृ थप कडाई गर्दै कोभिड(१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले यस्तो निर्याय गरेको हो । उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो ।
आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ ।
अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए बताए ।





















