हरि आचार्य, कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाणगंगा नगरपालिका वडा नं. ३ वडा कमिटिको प्रथम बैठक बसी वडा कमिटि गठन गरिएको छ । कमिटिको अध्यक्षतमा टेक बहादुर झेंणी, सचिवमा लाल कुमार महत क्षेत्री लगायत २१ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।
बैठकले तत्काल टोल कमिटि तथा वाईसिएल गठन गरि पार्टीलाई सशक्त रुपमा अगाडि बढाउदै लैजाने समाजमा रहेका भ्रष्टारचार, विकृति विसंगतीलाई अन्त्य गर्ने लगायतका महत्वपुर्ण निर्णय गरेको छ ।
प्रमुख अतिथि पार्टीका प्रदेश कमिटि सदस्य सुकई चौधरीले देशको समग्र गरि विकास गरि जनतालाई अनुभुति हुने खालको काम अब गठबन्ध सरकारले गर्ने बताए । उनले बर्तमान सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग बिघटन गरेको नभई अब अझ प्रभावकारी रुपमा यो कार्यलाई निरन्तरता दिने दावि गरे ।
नव वडा कमिटि अध्यक्ष टेक बहादुर झेंणीको अध्यक्षता, क्षेत्र नं. १ क का ईन्चार्ज देवराज अर्याल, ख का ईन्चार्ज नारायण भुसाल, जिल्ला नेता टेक बहादुर विक, राम प्रसाद गैरे लगायतको आतिथ्यता, सचिव लाल कुमार महत क्षेत्रीको सञ्चालनमा सम्पन्न बैठकमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।